सिरहा २ नम्बर प्रदेशकै पहिलो खुदिमु घोषणा, स्वच्छता अभियान संचालन गर्ने मुख्यमन्त्रि राउतको उदघोष
सिरहा, १० चैत । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा स्वच्छताको स्तरलाई उच्च बनाउन ‘मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका छन् । सिरहालाई प्रदेश २ को पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राउतले स्वच्छता मानव विकासको पहिलो खुटकिलो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले स्वच्छता अभियानलाई नीति तथा कार्यक्रममा समेटेर बजेट पनि व्यवस्था गर्ने बताए । प्रदेशलाई सफा बनाउन आफू आठै जिल्लाको सडकमा झाडू लिएर उत्रिने उद्घोषसमेत उनले गरे । मुख्यमन्त्री राउतले मानव विकास सूचकांकमा धेरै पछाडि रहेको प्रदेश २ लाई स्वास्थ्य, शिक्षा, र रोजगारमा ठूलै फडको मार्नु पर्ने आवश्यकता औल्याउदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए । ‘अहिलेसम्म हाम्रो विकास भएन भन्ने हामी भन्दै थियौ तर अब जिम्मेवारी हाम्रै काँधमा आएको छ । सबैलाई मिलेर यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ’ उनले भने ‘जनप्रतिनिधिहरुलाई सबैभन्दा बढी इमान्दार भएर अगाडि बढ्नुपर्छ । अनि मात्र हामी देशकै नमूना प्रदेश बनाउन सक्छौं ।’ भ्रष्टाचार यस प्रदेशको सबै भन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सरका...