ग्रेड बढाउन सबै विषयमा प्राक्टिकल


  • सिराहा। आउँदो चैत ८ गतेदेखि सुरु हुने कक्षा १० माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागिता जनाउने सबै विद्यार्थीले यस वर्षदेखि गणितबाहेक सबै अनिवार्य विषयमा प्राक्टिकल दिनुपर्ने भएको छ ।

    पाठ्यक्रम विकास केन्द्रका अनुसार यो वर्ष कक्षा १० को सबै विषय परिवर्तन भएको छ । सो अनुसार २५ नम्बरको प्राक्टिकल र ७५ नम्बरको सैद्धान्तिक परीक्षा हुनेछ । पाठ्यक्रम विकास केन्द्रका उप–निर्देशक युक्तप्रसाद शर्माले सबै विद्यार्थीको राम्रो ग्रेड आउने लक्ष्यसहित नयाँ कोर्समा प्राक्टिकलको व्यवस्था गरिएको जनाए।

    ‘विद्यार्थीलाई सैद्धान्तिक मात्र परीक्षा लिएर जीवनोपयोगी शिक्षा दिन सकिँदैन,’ उपनिर्देशक शर्माले भने, ‘पढेको विषयबस्तुमा व्यवहारिक ज्ञानको मापन गर्न स्कुलाई २५ नम्बरको प्राक्टिकल लिने व्यवस्था गरिएको हो ।’ यस व्यवस्थाले विद्यार्थीको विषयगत व्यवहारिक ज्ञान मापन गर्न सकिने उनले बताए।

    परीक्षा नियन्त्रण कार्यालयका उप–नियन्त्रक गेहनाथ गौतमले  नयाँ परीक्षा व्यवस्थाले सरकारी विद्यालयको नतिजामा सुधार हुने दाबी गरे । परीक्षाफलको ग्रेड बढाउन र माथ्लो तहको शिक्षा हासिल गर्न प्राक्टिकलको व्यवस्था सहयोगी हुने उनले बताए । ‘शिक्षकले स्कुलमै विषयगत प्राक्टिकल परीक्षा लिएर नम्बर दिने हो,’ उपनियन्त्रक गौतमले भने, ‘यसले विद्यार्थीको विषयगत व्यवहारिक ज्ञान राम्रो हुन्छ।’

    तर शिक्षाविद्हरूले भने प्राक्टिकल परीक्षा र नम्बर दिने प्रणालीलाई व्यवस्थित गर्न नसके स्कुल शिक्षामा ठूलो दुर्घटना हुने चेताए । शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकहरूको वेइमानीले प्राक्टिकल परीक्षा दुरुपयोग हुने सक्ने आशंका गरे । उनले प्राक्टिकल परीक्षा आफैँमा राम्रो भए पनि शिक्षकको खराब नियतले यसको प्रभावकारितामाथि नै प्रश्न चिह्न उठ्दै आएको बताए ।

    ‘विद्यालय शिक्षामा सबै विषयमा २५ नम्बरको प्राक्टिकलको व्यवस्था अभिशाप हो,’ शिक्षाविद् कोइरालाले  भने, ‘विश्वविद्यालयमा पनि प्राक्टिकल नम्बरको व्यवस्थाकै कारण उच्च शिक्षामा विकृति मौलाइरहेका छ ।’ उनले थपे ‘सैद्धान्तिकमा शून्य ल्याउनेले प्राक्टिलमा २५ ल्याएमा त्यसको कुनै औचित्य हुँदैन ।’

    किन घटे विद्यार्थी ?  
    यस वर्ष  ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थी परीक्षामा सहभागि हुनेछन् । यो वर्ष परीक्षामा गत वर्षको तुलनामा ४३ हजार ४ सय ३४ विद्यार्थी घटेको तथ्यांक परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । गत वर्षको एसइई परीक्षामा ५ लाख २९ हजारले परीक्षा दिएका थिए।

    परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यस वर्ष एक्जम्टेट परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पनि घटेको जनाए । ‘विगतमा वर्षेनी डेढ लाख विद्यार्थी एक्जम्टेट हुन्थे भने यो वर्ष २४  हजारले मात्र एक्जम्टेड परीक्षा दिँदैछन्,’ उनले भने।

    ‘विगतमा फेल र पासको परीक्षा प्रणालीले विद्यार्थी बढी हुने गरेको थियो,’ परीक्षा नियन्त्रक रेग्मीले नागरिकसँग भने, ‘ग्रडिङ प्रणालीले कम ग्रेड प्राप्त विद्यार्थीलाई ग्रेड वृद्धिको अवसर दिएकाले पनि विद्यार्थी घटेको हुनसक्छ।’

    शिक्षाविद् कोइरालाले भने एसइई अध्ययन गर्ने उमेरका विद्यार्थीहरू कमाउन सक्ने भएकाले पढाइ छाडेर काममा लागेकोले विद्यार्थी घटेको जनाए । ‘एसइईमा विद्यार्थी घट्नुका दुई कारण छन्, एक विद्यार्थीहरूले पढाइ छाडेर काममा लागे । दास्रो, कोही फेल नुहने भएपछि वर्षेनी विद्यार्थी थपिने भएनन्,’ कोइरालाले भने । ‘डि र इ ग्रेडका विद्यार्थी न त पास भए न त फेल । अब सरकारले डि र इ ग्रेड ल्याउने विद्यार्थीका लागि व्यवसायिक शिक्षाको व्यवस्था गर्नुपर्छ,’ उनले भने।

    अर्का शिक्षाविद् वासुदेव काफ्लेले कक्षा ९ र १० पुगेका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले परीक्षा दिन नसकेका कारण एसइईमा विद्यार्थी संख्या घटेको जनाए । ‘सरकारले माध्यामिक शिक्षा निःशुल्क र परीक्षामा सबै पास हुने व्यवस्थाभन्दा पनि विद्यार्थीलाई सीपसँग जोडिने जीवनोपयोगी शिक्षा दिने व्यवस्था गर्नुपर्छ,’ शिक्षाविद् काफ्लेले भने, ‘अनि मात्र विद्यालय शिक्षामा गुणस्तरीय बढ्ने र दक्ष जनशक्ति विद्यालयबाटै उत्पादन हुन्छ।’

    एसइई परीक्षाको तयारी पूरा
    परीक्षा नियन्त्रक अम्बिका रेग्मीले चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जनाएका छन् । विद्यार्थीका लागि आवश्यक प्रश्नपत्रको छपाई सम्पन्न गरी सबै जिल्लामा पु¥याइसकेको बताए ।  परीक्षामा सहभागिता जनाउने ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थीका लागि देशभरि १ हजार ९ सय ५६ परीक्षा केन्द्र तोकिएको छ । ‘प्रश्नपत्रहरू जिल्ला प्रहरी कार्यालयको सुरक्षामा राखिएको छ,’ नियन्त्रक रेग्मीले भने, ‘परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गराउन   जिल्ला प्रमुखको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समीतिसँग समन्य गरिएको छ।’ उनले थपे, ‘अमर्यादित कार्य गर्नेलाई १ लाख जरिवाना वा ६ महिना कैद वा कसुर हेरी दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।’ परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा छन् भने सबैभन्दा कम विद्यार्थी मनाङबाट सहभागी हँुदैछन् । मनाङको एक परीक्षाकेन्द्रबाट ५६ विद्यार्थीले परिक्षा दिँदैछन्।
    रुवी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

    Comments

    1. Best Casino Site In Asia 2021 - LuckyClub.live
      · luckyclub Where to find the best Casino sites in Asia. Top Asia casino sites · Best Sports Betting Sites · Best Live Dealer Casino

      ReplyDelete

    Post a Comment

    Popular posts from this blog

    सिरहाबाट नौ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

    सिरहा २ नम्बर प्रदेशकै पहिलो खुदिमु घोषणा, स्वच्छता अभियान संचालन गर्ने मुख्यमन्त्रि राउतको उदघोष