Posts

नेपाल आउने तयारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

Image
सिराहा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चार माध्यमहरुमा उल्लेख समाचार अनुसार उनी नेपाल समेत छिमेकी अन्य देशहरू पनि भ्रमण तयारी थालेका छन् । इकोनिक्स टाइम्सकाअनुसार उनी अप्रिल महिनामा नेपालसहित बंगलादेश र भुटानको यात्रामा निस्किदै छन् । मोदी यसै वर्ष नेपालमा आयोजना हुने बिमिस्टेक सम्मेलनका लागि पनि नेपाल आउनसक्ने सो पत्रिकाले उल्लेख गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बसाीको नेपाल भ्रमणको अर्को हप्तामा भारतीय प्रधानमन्त्री नेपाल आउने विषय चर्चामा आएको हो ।

सिरहा युवा सन्जाल द्वारा संचालित हाजरी जवाफ प्रतियोगितामा टाइम्स स्कुल मिर्चैया प्रथम 

सिरहा फागुन २५ गते । जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगितामा टाइम्स स्कुल मिर्चैया प्रथम भएको छ । सिरहा युवा संजालको आयोजनामा जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगता विहिवार सम्पन्न भएका छन् । सिरहाको नरहा गाउपलिकामा स्थित श्री जनता बनवाली उच्च माध्यमिक विद्यालयमा वर्छावा, नरहाको प्रागणमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा बिजेता विद्यालयहरु टाइम्स स्कुल मिर्चैयाका सुमित पुर्वे, जीवन भुजेल र राखी शर्मा प्रथम, श्री जनता बनवाली उच्च माध्यमिक विद्यालय वर्छावाका अमीत यादव, दिपक सिंह र सरीता कुमारी यादव दोस्रो, पोलर स्टार ई.बो. स्कुल मिर्चैयाका असलम राइन, सुदिस महतो र संगिता साह तेश्रो, श्री रामजानकी विद्या मन्दिर मिर्चैयाका विबेक साह, सुशान्त साह र नुर्जा खातुन चौथो, श्री जनता उच्च माध्यमिक विद्यालय चोहर्वाका मो. हेदर अली, बिजय राई र चान्दनी महरा पाँचौ, बेबी एन्जेल एकेडमी लहानका सुदिप यादव, उमा दास र आराधना चौधरी छैठो र जे एम एकेडमी सिरहा सातौ बिजेता सहभागीहरु रहेको आयोजक सिरहा युवा संजालका अधयक्ष नागेश्वर रायले बताएका छन् । उक्त प्रतियोगितामा प्रथम हुने विद्यालयका ३ जना छत...